Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त, शपथग्रहण पुस २९ गते

मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त, शपथग्रहण पुस २९ गते


  • 2.9K
    Shares

    मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त,  शपथग्रहण पुस २९ गते

    जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। जसपाको मधेस प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हु्न्।

    उनी यो प्रदेशका लागि दोस्रो मुख्यमन्त्री बनेका छन्। प्रदेशको पहिलो पाँच वर्षे कार्यकालमा जसपाकै लालबाबु राउत मुख्यमन्त्री भएका थिए। उनले अनेक विवादबीच पूरा ५ वर्ष शासन गरे।

    प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए। त्यहीअनुसार यादवले बुधबार दाबी पेश गरेका थिए। 

    यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुको समर्थन थियो। यसका साथै स्वतन्त्र प्रदेससभा सदस्यहरु सुरिता साह र अनिरुद्द सिंहकोसमेत यादवलाइ समर्थन छ।

    सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना प्रदेशसभा सदस्यसहित तेस्रो वरीयतामा रहेको जसपालाई नेकपा एमालेको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघिय समाजवादी पार्टीको १-१ तथा स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ६३ प्रदेशसभा सदस्यहरुको समर्थन छ।

    १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि कम्तिमा ५४ जना प्रदेशसभा सदस्यहरुको समर्थन चाहिन्छ। मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुनेछ। नयाँ मुख्यमन्त्रीको शपथ ग्रहणका लागि तयारी भइसकेको छ। 

    प्रकाशित मिति :पौष २७ २०७९ बुधवार - १२:४५:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij