२०८२ माघ १५ गते बिहिवार
नेपाली कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप जारी गरेको छ।
सभामुख, उपसभामुखको निर्वाचन र भैपरी आउनसक्ने राजनीतिक परिस्थितिलगायतका कारण सांसद्हरुलाई माघ ९ गतेसम्म काठमाडौं नछाड्न पार्टीले ह्विप लगाएको कांग्रेस उपसभापति धनराज गुरुङ्ले बताए।
उनले भने, ‘यदि सांसद्हरुले विशेषकारण काठमाडौं उपत्यका बाहिर जानुपरे पार्टीलाई जानकारी दिएर मात्र जान भनिएको छ।’
प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ र सोही दिन सभामुखको निर्वाचन हुने ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले हिजो बसेको प्रतिनिधि सभा बैठकमार्फत बताएका थिए। यस्तै ९ माघसम्म उपसभामुखको पनि निर्वाचन गराउने तयारी रहेको छ। सोही कारण आफ्ना सांसद्हरुलाई काठमाडौं नछाड्न ह्विप लगाएको कांग्रेस नेताहरुले बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij