Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

यसरी हुँदैछ प्रधानमन्त्रीलाई विश्वासको मतको तयारी

यसरी हुँदैछ प्रधानमन्त्रीलाई विश्वासको मतको तयारी


  • 1.7K
    Shares

    यसरी हुँदैछ प्रधानमन्त्रीलाई विश्वासको मतको तयारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रक्रिया सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा निर्वाचनको कार्यतालिका प्रकाशित भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो।

    जहाँ विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न डेस्क खडा गरिएको छ। संघीय संसदका कर्मचारीहरुले सांसदहरुको नामावलीसहितको सूची तयार गरेर छुट्टाछुट्टै डेस्क राखेका छन्। 

    अब संसद बैठकमा नेताहरुको सम्बोधन लगत्तै निर्वाचन प्रक्रिया अघि बढ्ने छ। प्रचण्डलाई नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलसहित स्वतन्त्रका २ सांसदहरुले समर्थन गर्ने भएका छन्।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १५:४०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij