२०८२ माघ १६ गते शुक्रवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको छ।
पुस २८ गतेलाई तोकिएको कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
यसअघि चुनावको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पुस २२ गतेका लागि बैठक बोलाइएको थियो । संसद्को अधिवेशन बोलाइएपछि त्यतिन्जेलका लागि स्थगित गरिएकोमा देउवाले पुन: दुई साता परे धकेलेका हुन् । बैठक माघ १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij