Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुरु भयो प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

सुरु भयो प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै


  • 2.3K
    Shares

    सुरु भयो प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

    प्रतिनिधिसभाकाे बैठक सुरु भएकाे छ। बैठक केहीबेर अघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे हाे। आजकाे प्रतिनिधिसभा बैठकमा यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन्।

    बैठक बिहान ११ बजे बस्ने भनिए पनि दलहरूको आन्तरिक छलफल लम्बिएकोले दिउँसाे १ बजेका लागि सरेकाे हाे।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

    प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासकाे मत लिन लागेका हुन्।

    विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ।

    नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासकाे मत दिने भएकाे छ। आजै पार्टीकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनलाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे।

    सरकारलाई समर्थन गरे पनि कांग्रेस प्रतिपक्षमै रहनेछ। यसभन्दा अगाडि प्रचण्डले पुस २९ मा विश्वासको मत लिने बताइएकाे थियाे।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १३:२९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij