Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कांग्रेसको निर्णय: प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

कांग्रेसको निर्णय: प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने


  • 1.7K
    Shares

    कांग्रेसको निर्णय: प्रचण्डलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

    अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् । ल्होत्से हलमै बस्ने संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदै छन् । त्यसका लागि बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको थियो । तर, कांग्रेस संसदीय दलको बैठक बस्न ढिलाइ भएकाले दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

    प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १२:५७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij