२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । हास्य कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ को निर्देशन रहेको वेब सिरिज ‘मै राम्री’ आगामी बिहीबार (पुस २८) देखि प्रसारण हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको सिरिजमा विशेष गरी बालबालिका र युवाहरूमा आउने उतारचढावको कथा बुनिएको छ ।
‘धुर्मुस सुन्तली’ युट्युव च्यानलबाट प्रत्येक बिहीबार साँझ ६ः४५ मा सार्वजनिक हुने सिरिजमा युवापुस्ताको जीवनमा आउने उताढचढाव देखाउन खोजिएको निर्देशक घिमिरेले बताइन् । उनका अनुसार सिरिजको केही भाग छायाङ्कन भइसकेको र केही भाग छायाङ्कन तयारीमा छ ।
शुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानिया, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय देख्न सकिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij