Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बागमती प्रदेश: मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ, मन्त्रालय घटाउन कार्यदल गठन, १५ दिनको समय

बागमती प्रदेश: मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ, मन्त्रालय घटाउन कार्यदल गठन, १५ दिनको समय


  • 1.7K
    Shares

    बागमती प्रदेश: मुख्यमन्त्री जम्मकट्टेल सहित ३ मन्त्रीले लिए शपथ, मन्त्रालय घटाउन कार्यदल गठन, १५ दिनको समय

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रदेश सरकारमा नेकपा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सहभागी भएका हुन् । थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् भने थापालाई विभागीय जिम्मेवारी तत्काल दिइएको छैन । 

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै जम्कट्टेलले प्रदेशको मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको निर्णयमा हस्ताक्षर गरे ।

    मन्त्रालय कटौती गर्ने कार्यदल मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण भएको छ ।

    कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहितका मन्त्रालयका सचिव, मुख्यमन्त्री कार्यालयका कानुन सचिव सहित पाँच सदस्यीय रहेको र त्यो थपघट हुने बताइएको छ । कार्यदलले बढीमा १५ दिन भित्र मुख्यमन्त्रीलाई प्रतिवेदन पेस गर्ने छ ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - ११:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij