Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल, अघि सारे ५ प्रस्ताव (पूर्णपाठसहित)

एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल, अघि सारे ५ प्रस्ताव (पूर्णपाठसहित)


  • 1.9K
    Shares

    एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भूसाल, अघि सारे ५ प्रस्ताव (पूर्णपाठसहित)

    नेकपा (एमालेे) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । स्रोतहरूले बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन् ।

    '१-२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚' भूसालनिकट स्रोतले भन्यो, 'अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ ।'

    मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आएका थिए ।

    'अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ‚' भूसालले प्रवेशका लागि तयार पारेको‚ 'कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव' मा उल्लेख गरिएको छ ।

    भूसालको प्रस्ताव :

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - ११:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij