Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक


  • 1.7K
    Shares

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक साढे ११ बजे संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने पार्टीका मुख्य सचिव कृष्ण पौडेलले रातोपाटीलाई जानकारी दिए ।

    ‘विश्वासको मतबारे केन्द्रीय कार्यसम्पादन बैठकले म्यानडेट दिनेछ । त्यही म्यानडेट लिएर पार्टीको संसदीय दलको बैठक बस्नेछ,’ पौडेलले भने । पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ । 

    कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    प्रकाशित मिति :पौष २६ २०७९ मंगलवार - १०:५३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij