Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मुख्यमन्त्री र सभामुखको भागबन्डामा गठबन्धनमा जुट्यो सहमति, कुन पार्टीलाई कुन प्रदेश ?

मुख्यमन्त्री र सभामुखको भागबन्डामा गठबन्धनमा जुट्यो सहमति, कुन पार्टीलाई कुन प्रदेश ?


  • 1.9K
    Shares

    मुख्यमन्त्री र सभामुखको भागबन्डामा गठबन्धनमा जुट्यो सहमति, कुन पार्टीलाई कुन प्रदेश ?

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएको छ । आइतबार बेलुका बालुवाटारमा बसेको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंग्याएको हो ।

    प्रदेश १ मा एमालेका हिक्मत कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । अन्य बाँकी छ वटै प्रदेशमा मुख्यमन्त्रीको टुंगो सत्ता गठबन्धनको बैठकले लगाएको हो ।

    गठबन्धनको भागबण्डा अनुसार  गण्डकी र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ । माओवादीको भागमा कर्णाली परेको छ ।

    मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले मुख्यमन्त्री आलोपालो गर्ने भएका छन् । बागमती प्रदेशमा माओवादी र एमाले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।

    यस्तै सुदूरपश्चिममा एमाले र माओवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १४:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij