Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने


  • 1.8K
    Shares

    • images
    राष्ट्र बैंकले आज १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज) १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १६अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

    राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी आगामी माघ २४ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको ट्रेजरी चैत्र २८ गते र १८२ दिन अवधिको ट्रेजरी २०८० असार २६ गते परिपक्व हुनेछ ।

    यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब ५० करोड रुपैयाँ गरी कुल २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

    ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो २ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । 

     

    प्रकाशित मिति :पौष २५ २०७९ सोमवार - १३:२६:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij