Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सोनी र होन्डाको सहकार्यमा नयाँ विद्युतीय गाडी सार्वजनिक

सोनी र होन्डाको सहकार्यमा नयाँ विद्युतीय गाडी सार्वजनिक


  • 1.8K
    Shares

    सोनी र होन्डाको सहकार्यमा नयाँ विद्युतीय गाडी सार्वजनिक

    गत साल सोनी र होन्डाले सहकार्यमा विद्युतीय गाडी उत्पादन गर्ने बताएको थियो। यी कम्पनीहरूको साझेदारीमा सोनी होन्डा मोबिलिटी इंकको स्थापना भएको थियो 

    सोनी होन्डा मोबिलिटी इंकले बुधबार 'अफिला' ब्रान्ड नाममा नयाँ विद्युतीय गाडीको प्रोटोटाइप सार्वजनिक गरेको छ। 

    सोनीका सिइओ केनिचिरो योसिडाका अनुसार कम्पनीले उपभोक्ताहरूको लागि पर्याप्त ठाउँ भएको आरामदायी र धेरै सुविधा भएको गाडी उत्पादन गर्दैछ। 

    उनका अनुसार कम्पनीले सन् २०२५ को पहिलो त्रैमासदेखि अफिलाको प्रि-अर्डर लिनेछ। सोही वर्षदेखि यसको बिक्री पनि सुरू गर्ने बताइएको छ। त्यस्तै सन् २०२६ को दोस्रो त्रैमासभित्र उत्तर अमेरिकामा पनि गाडीको डेलिभरी हुनेछ। 

    सोनी र होन्डाले उत्पादन गर्ने विद्युतीय गाडी उत्तर अमेरिकास्थित होन्डाको कारखानामा हुने जनाएको थियो। यो कारमा सोनीको एआई प्रविधि जडित हुनेछ। 

    त्यस्तै गाडीमा चालक र यात्रुहरूको मनोरञ्जनको लागि पर्याप्त मात्रामा सुविधाहरू दिइनेछ। बुधबार सार्वजनिक प्रोटोटाइपमा ४५ वटा क्यामेरा र सेन्सर पनि दिइएको छ। गाडीमा भएको इन-क्याबिन सेन्सरले चालकको स्थिति हेर्छ भने कुनै पनि दुर्घटना हुनबाट पनि जोगाउँछ। एजेन्सी

    प्रकाशित मिति :पौष २२ २०७९ शुक्रवार - १३:२९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij