Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

सौर्य मण्डल बाहिर थप २३५ नयाँ ग्रहहरू फेला

सौर्य मण्डल बाहिर थप २३५ नयाँ ग्रहहरू फेला


  • 2.7K
    Shares

    सौर्य मण्डल बाहिर थप २३५ नयाँ ग्रहहरू फेला

    अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार सन् २०२२ को अन्त्यमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर थप २०० भन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । योसँगै एक्सोप्लानेट्सको संख्या ५२३५ एक्सोप्लानेट्स पुगेको छ ।

    ‘हामीले पुष्टि भएका ५ हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्ष सुरु गर्‍यौँ । नयाँ वर्षले के ल्याउनेछ ? थप ग्रहहरू !’ नासाले ट्वीट गरेको छ । सौर्यमन्डल बाहिरका ग्रहलाई एक्सोप्लानेट्स भनिन्छ । करिब ४ प्रतिशत एक्सोप्लानेट्स पृथ्वी वा मंगल ग्रहहरू जस्तै चट्टानी रहेका बताइन्छ ।

    नासाका अनुसार जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ । अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनाएको थियो । यो टेलिस्कोप अझै सञ्चालनमा छ । जुलाईमा यसको पहिलो ब्रह्माण्डको तस्बिर प्रसारण गर्न थालेको थियो ।

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १४:३५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij