तपाईको दिन शुभ रहोस् ।
२०८२ भाद्र १ गते आइतवार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ । टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पठन पाठनमा प्रगति हुनेछ । काम बिग्रने डरले सताउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ । असावधानीले धन खर्च हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडि कडाउको सिकार भइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको काम समयमा पूूरा नहुन सक्छ । पढाइ लेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरिदै आएको काममा थप जांगर पलाएर आउने छ । ब्यापार ब्यावसायमा फाइदा नै होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । सावधान रहनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् । सानातिना काममा समय बित्ने दिन रहेका छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
तपाईको दिन शुभ रहोस् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij