Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता, के भयो कुराकानी ?

कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता, के भयो कुराकानी ?


  • 2.3K
    Shares

    कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता, के भयो कुराकानी ?

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न जसपाका अध्यक्ष यादव धुम्बाराहीस्थित देउवाको निवास पुगेका थिए ।

    सचिवालयका अनुसार देउवा र यादवबीच समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको हो ।

    ‘उपेन्द्रजी आउनुभएको थियो, सभापतिजीसँग भेटघाट भयो,’ एक नेताले भने, ‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको हो ।’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका देउवा हाल धुम्बाराहीमा भाडाको घरमा बस्दै आएका छन् ।

    प्रकाशित मिति :पौष २१ २०७९ बिहिवार - १३:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij