२०८२ माघ १६ गते शुक्रवार
पाँचदलीय गठबन्धन टुट्दा सत्ता गुमाएको नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ। सरकारबाट बाहिरिएपछि कांग्रेसले पहिलोपटक पत्रकार सम्मलेन गर्न लागेको हो।
पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
पत्रकार सम्मेलनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएका थिए। सरकारबाट बाहिरिए पनि उनले पत्रकार सम्मेलन गरेका थिएनन्।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग निर्वाचनसम्म गठबन्धन गरेको कांग्रेसले पुस १० गते गठबन्धन र सरकार दुवै गुमाउनु परेको थियो।
गठबन्धन दल माओवादी केन्द्र सरकारमा छ भने कांग्रेस प्रतिपक्षमा पुगेको छ। सभापति देउवाले गठबन्धन जोगाउन नसकेको भन्दै कांग्रेसभित्र आलोचना भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij