२०८२ माघ १६ गते शुक्रवार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
मङ्गलवार सचिवहरूलाई निर्देशन दिँदै प्रचण्डले संघीय सरकारी निकायका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनसमेत भनेका छन् ।
‘मन्त्रालय र विभागमा काम विनाका कर्मचारीहरू थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्तिको अभाव भई जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनै पर्छ’ प्रधानमन्त्री प्रचण्डले भने ‘प्रदेश तथा स्थानीय तहहरूमा करिब एकतिहाई कर्मचारी दरबन्दी रिक्त रहेकाले जनशक्ति अभाव भई सेवा प्रवाह र विकास निर्माणमा असर परेको हुँदा प्रदेश तथा स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थाको लागि संघीय सरकारी निकायका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुहोस् । संघीय निजामती ऐन आगामी संसदमा पेश गर्ने गरी तयारी गर्नुहोस् ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij