Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एमालेको भागमा परेको सभामुखमा को-को छन् दावेदार ?

एमालेको भागमा परेको सभामुखमा को-को छन् दावेदार ?


  • 1.9K
    Shares

    एमालेको भागमा परेको सभामुखमा को-को  छन् दावेदार ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने समय लिएपछि एमालेभित्र सभामुख कसले पाउने भन्ने बारेमा अनौपचारिक छलफल शुरु भएको छ ।

    एमालेले राष्ट्रपति र सभामुख पाउने भएको छ । जसले गर्दा राष्ट्रपतिमा अलि सिनियर नेता जानुपर्ने भएपछि सभामुखमा भने संसदमा रहेका नेताहरुले आफ्नो भूमिका खोज्न थालेका छन् । 

    एमालेका सिनियर नेताहरुमध्ये सभामुखमा चार जना आकांक्षी देखिएका छन् । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य रघुजी पन्त र विद्या भट्टराई आकांक्षी रहेका छन् । एमालेमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कोही कसैलाई ग्रीन सिग्नल दिएका छैनन् । 

    मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने संकेत गरेका ओलीले सभामुख र राष्ट्रपतिको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा कुनै पनि नेतासँग केही पनि छलफल गरेका छैनन् । तर सचिवालयमा रहेका नेताहरुले भने सभामुखको विषयमा चर्चा परिचर्चा गरेका छन् । अहिले सभामुख दाबी गर्ने तीन जना नेताहरु प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् भने एक जना पन्त चाहिँ समानुपातिक तर्फबाट निर्वाचित हुन् । 

    प्रकाशित मिति :पौष १९ २०७९ मंगलवार - ११:३३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij