Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कर्णाली प्रदेशसभा अधिवेशन शुरू, ज्येष्ठ सदस्यले बोलाए सर्वदलीय बैठक

कर्णाली प्रदेशसभा अधिवेशन शुरू, ज्येष्ठ सदस्यले बोलाए सर्वदलीय बैठक


  • 1.4K
    Shares

    कर्णाली प्रदेशसभा अधिवेशन शुरू, ज्येष्ठ सदस्यले बोलाए सर्वदलीय बैठक

    कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बस्दैछ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएसँगै आज पहिलो बैठक बस्न लागेको हो । 

    प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन् ।

    यस्तै पहिलो अधिवेशनको लागि प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाह अहिले ११ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

    कर्णाली प्रदेश सभामा एक जना स्वतन्त्रसहित पाँच वटा दलहरूको प्रतिनिधित्व रहेको छ । संसद्मा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, रापप्रा र नेकपा (एकीकृत समाजवादी) को १/१ र एक जना स्वतन्त्र सांसद छन् ।

    प्रकाशित मिति :पौष १८ २०७९ सोमवार - ११:२२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij