२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । द्वन्द्वकालमा तत्कालीन माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई दैलेख प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ ।
महाबु गाउँपालिका–६, का ६८ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका शाहीले पूर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेको छ। बाँकी सजाय दिलाउन उनलाई कारागार चलान गरिएको छ।
१ वर्ष ७ महिना १ दिन कैद भुक्तान गरी बन्दीप्रत्यक्षीकरणमा परेका कारण अदालतको फैसला ढिला आएपछि थुनामुक्त भई शाही फरार रहेका थिए । प्रहरीले यसअघिनै हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij