Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान


  • 2.9K
    Shares

    प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

    विराटनगर । प्रदेश-१ का प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान भएको हो ।

    ‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् ।

    सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश १ काे पहिलाे अधिवेशन पनि आजैबाट सुरु हुँदैछ ।

    हेर्नुहोस् पत्र :

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - १३:११:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij