२०८२ माघ ८ गते बिहिवार
'मिस युनिभर्स नेपाल २०२२' की विजेता सोफिया भुजेल अमेरिका गएकी छन्। उनी 'मिस युनिभर्स' मा प्रतिस्पर्धा गर्न अमेरिका गएकी हुन्। त्रिभुवन विमास्थनलमा उनले राष्ट्रिय झण्डाका साथ तस्बिर खिचाएकी थिइन्।
'म यसपटक नेपालमा मिस युनिभर्सको ताज भित्र्याउन उत्साहित छु। यसका लागि म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछु,' उनले भनिन्।
‘मिस युनिभर्स’ को स्टेजमा सोफियाले नेपाली संस्कृति झल्कने पहिरन समेत तयार पारेको बताइन्। ‘मिस युनिभर्स नेपाल’ की निर्देशक नग्मा श्रेष्ठलगायत उनलाई विमानस्थलमा बिदाइ गरेका थिए।
जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरूले ‘मिस युनिभर्स’ को ताजका लागि प्रतिस्पर्धा गर्नेछन्।
अगष्टमा काठमाडौंको याक एण्ड यति होटलमा आयोजना भएको प्रतिस्पर्धामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’ को ताज जितेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij