Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

फिल्म 'टुल्की' चैत ३ गते प्रदर्शन हुने

फिल्म 'टुल्की' चैत ३ गते प्रदर्शन हुने


  • 2.3K
    Shares

    फिल्म 'टुल्की' चैत ३ गते प्रदर्शन हुने

    बहुपति प्रथामाथि बनेको फिल्म 'टुल्की' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी चैत ३ गतेबाट देशभर रिलिज हुनेछ।

    ‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको फिल्मले हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथाको कथा भन्छ। देवजङ्ग थापा निर्देशित फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन।

    शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेका छन्। शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको फिल्ममा अभिनय छ।

    हिमाली जिल्ला डोल्पामा खिचिएको यस फिल्मले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जितेको थियो।

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - १२:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij