Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

राष्ट्र बैंकका करिब एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा

राष्ट्र बैंकका करिब एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा


  • 2.1K
    Shares

    राष्ट्र बैंकका करिब एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा

    नेपाल राष्ट्र बैंक करिब एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंको जनशक्ति व्यवस्थापन विभागले ९ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा गरेको हो ।

    आगामी पुस १७ गते आइतबारदेखि लागू हुनेगरि हाल वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका पिताम्बर भण्डारी, सूचना प्रविधि विभाग प्रमुख रहेका प्रदिप पौड्याल, मौद्रिक व्यवस्थापन विभागका नरेश शाक्य, लघुवित्त संस्था सुरिवेक्षण विभागका सुमन कुमार अधिकारीको सरुवा गरेको हो ।

    यी कार्यकारी निर्देशहरुको क्रमशः मौद्रिक व्यवस्थापन विभाग, गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, मुद्रा व्यवस्थापन विभाग र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको हो ।

    यस्तै, हालसम्म आन्तरिक लेखा परिक्षण विभाग प्रमुख रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षणमा, बैंकिङ विभाग प्रमुख राम बहादुर मानन्धरलाई सूचना प्रविधि विभागमा सरुवा भएको छ ।

    त्यसैगरि संस्थागत योजना विभाग प्रमुख दयाराम शर्मालाई बैंकिङ विभाग र गैह्र बैंकिङ विभागका प्रमुख विमलराज खनाललाई आन्तरिक लेखा परिक्षण विभागमा सरुवा गरिएको छ ।

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - १२:०७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij