Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद


  • 1.8K
    Shares

    लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

    संघीय संसद्का सदस्यले 'लोगो' लगाउन पाउँछन् । 'लोगो' का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा 'लोगो' नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।

    मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय 'लोगो' बनाइएको छ । प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय 'लोगो' बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।

    अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका 'लोगो' अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै 'लोगो' फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :पौष १६ २०७९ शनिवार - ०८:०३:३२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij