Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ


  • 3.8K
    Shares

    सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ

    सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले पद तथा गाेपनीयताको शपथ लिएका छन्। शुक्रबार दिउँसो १:३५ बजे प्रदेश सभामा निर्वाचित भई आएका ५२ जना सदस्यले शपथ लिएका हुन्।

    त्यसअघि शुक्रबार दिउँसो १ बजे ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका थिए। रावलले प्रदेशसभा भवनमा अन्य ५२ जना सदस्यलाई शपथ खुवाएका हुन्।

    सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सबभन्दा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावल हुन्। उनी कांग्रेसबाट अछाम क्षेत्र नम्बर २ को 'ख' बाट निर्वाचित भएका हुन्।

    सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित ६ जनाले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  छन्।

    प्रदेश सभा सचिवालयले नागरिक उन्मुक्ति पार्टीका ५ र नेपाली कांग्रेसबाट निर्वाचित १ जनाले पद तथा गोपनीयताको शपथ स्थानीय भाषामा लिएका छन्।

    नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुशीराम डगौराले थारु भाषामा शपथ लिएका हुन्। 

    यस्तै, कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित कञ्चनपुरकी गीताकुमारी चौधरीले पनि स्थानीय भाषामा शपथ लिन निवेदन लिएका हुन्।

    संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने व्यवस्था रहेको छ।

    पद तथा गोपनीयताको शपथ खाएपछि मात्र प्रदेश सभाको पहिलो बैठक ज्येष्ठ नागरिकले सञ्चालन गर्ने व्यवस्था रहेको छ।

    शुक्रबार पद तथा गोपनीयताको शपथ भएपछि पुस १८ गते प्रदेश सभाको पहिलो बैठक आह्वान गर्ने तयारी गरिएको छ।

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १५:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij