२०८२ भाद्र १० गते मंगलवार
बैङ्क तथा वित्तीय संस्थामा तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले रु ५० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ ।
पुस मसान्तमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा ठूलो मात्रामा बैङ्किङ प्रणालीबाट राजस्वका रुपमा पैसा जाने भएकाले तरलता व्यवस्थापनका लागि रिपो जारी गर्न लागिएको हो ।
केन्द्रीय बैंकले आज रिपोको बोलकबोल गर्नेछ । कूल ४५ दिने अवधिका लागि रिपो जारी गर्न लागिएको हो । रिपोको बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागिता जनाउन सक्नेछन् । उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij