Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रभु बैंकको मोबाइल बैंकिङ एपमा समस्या

प्रभु बैंकको मोबाइल बैंकिङ एपमा समस्या


  • 2.1K
    Shares

    • images
    प्रभु बैंकको मोबाइल बैंकिङ एपमा समस्या
    images

    आज बिहानदेखि प्रभु बैंकको मोबाइल बैंकिङ तथा एटीएम कार्ड लगायतका सेवाहरूमा समस्या आएको छ । बिहान छ बजेदेखि बैंकको अनलाइन प्रणालीमा समस्या आएको हो । यसले गर्दा बैंकका ग्राहकहरूले बिहानैदेखि अनलाइन प्रणालीमार्फत कारोबार गर्न असमर्थ भएका छन् । 

    बैंकले भने एक सूचना जारी गर्दै आज दिउँसो १ बजेपछि मात्र सेवा सुचारु हुने जानकारी दिएको छ । बैंकको मोबाइल बैंकिक एपको सिस्टम माइग्रेसन गर्ने काम भइरहेको हुँदा आज दिउँसो १ बजेसम्म सेवा अबरुद्ध हुने बैंकले जनाएको छ । साथै सेवा सुचारु भएपछि एप प्रयोग गर्नुपूर्व अपडेट गर्नको लागि पनि बैंकले आग्रह गरेको छ । 

    प्रकाशित मिति :पौष १५ २०७९ शुक्रवार - १२:२५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij