Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

माघ २८ गतेको आमसभामा सहभागी हुन प्रचण्ड–नेपालले गरे यस्तो अपिल

माघ २८ गतेको आमसभामा सहभागी हुन प्रचण्ड–नेपालले गरे यस्तो अपिल


  • 6.6K
    Shares

    माघ  २८ गतेको आमसभामा सहभागी हुन प्रचण्ड–नेपालले गरे यस्तो अपिल
    images

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले २८ माघमा काठमाडौँमा प्रतिनिधि सभा विघटनको विरुद्ध प्रदर्शन गर्ने भएको छ ।  

    आइतबार सो समूहले नेकपाको आधिकारिक फेसबुक पेज मार्फत २८ माघमा काठमाडौँमा हुने जनप्रदर्शन तथा विरोध सभामा सहभागी बन्न सम्पूर्णलाई अपिल गरेको हो ।  केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन हुनेछ ।

    नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोध सभामा सहभागी बन्न सबैमा अपिल गरेका हुन् ।

    सो क्रममा नेकपा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रूपमा सभा र जनप्रदर्शन राखिएको बताए ।

     

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १६:१६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij