Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

स्वास्थ्य बीमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

स्वास्थ्य बीमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी


  • 1.9K
    Shares

    स्वास्थ्य बीमा रकम प्राप्त गर्ने पहिलो कलाकार बने रामचन्द्र अधिकारी
    images

    विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने पहिलो व्यक्ति वरिष्ठ कलाकार रामचन्द्र अधिकारी बनेका छन् । उनले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको ४६ हजार ६०० रुपैयाँ बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले प्रदान गरे।

    सो कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ संचारकर्मी तथा निर्देशक दिनेश डिसी, चर्चित नायिका पुजा शर्मा, बोर्ड सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिती थियो ।

    विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याइएको थियो । यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो ।  

    चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा रु. ६५,००० र भर्ना नभई उपचार गर्नुपर्दा रु. ३५,००० सम्म गरी जम्मा रु. १,००,००० प्राप्त गर्न सकिन्छ । राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरे ।
     

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १६:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij