Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

मन्त्रालय बाँडफाँट: रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी

मन्त्रालय बाँडफाँट: रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी


  • 2.0K
    Shares

    मन्त्रालय बाँडफाँट: रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी

    काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

    एक नेताका अनुसार मन्त्रालय भागवण्डाको प्रारम्भीक खाका बनेको छ । जसअनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउनसक्छ। यद्यपि एमालेको दाबी १२ छ । उसले अर्थ मन्त्रालय लिइसकेको छ भने मन्त्रालय नटुंगिएका कारण एमालेबाट मन्त्री भएका तीन जनाले मन्त्रालय पाएका छैनन् ।

    यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

    रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् र रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ ।

    एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको एक नेताले बताए । त्यसो भएमा जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना छ ।

     

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १६:०२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij