Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल

एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल


  • 1.4K
    Shares

    एमाले कर्णाली संसदीय दलको नेतामा यामलाल

    नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतमा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

    कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए। 

    कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्।

    अघिल्लो पटक कर्णाली प्रदेशको मुख्यमन्त्री हुनका लागि विभिन्न रणनीति खेलेपनि मुख्यमन्त्री हुन असफल भएका थिए। पुनः मुख्यमन्त्रीका लागि यसपटक कँडेल प्रदेश सभामा दोहोरिएका हुन्। 

    केन्द्रमा अचानक भएको राजनीतिक समीकरणले कर्णालीमा तेस्रो दलका रुपमा रहेको एमालेलाई सरकारमा जाने मौका मिलेको छ। 

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १५:४२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij