२०८२ भाद्र १० गते मंगलवार
पुस महिना लागेसँगै वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार पुसकाे पहिलाे साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे देखिन्छ । निक्षेप संकलन बढेसँगै तरलतामा सुधारकाे संकेत देखिएकाे छ ।
पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रहेको थियाे । पुस ८ गते सम्ममा आइपुग्दा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । एक साताकाे अवधिमा बैंकहरूकाे निक्षेप संकलन २० अर्बले बढेकाे हाे ।
साे अवधिमा बैंकहरूकाे कर्जा प्रवाह पनि बढेकाे छ । पुस १ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेको थियाे । पुस ८ गतेसम्म बैंकहरुको कुल कर्जा प्रवाह १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ । याे अवधिमा बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij