Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सकियो खुमलटारमा ओली र प्रचण्डबीचको वार्ता, के-के भयो कुराकानी?

सकियो खुमलटारमा ओली र प्रचण्डबीचको वार्ता, के-के भयो कुराकानी?


  • 1.9K
    Shares

    सकियो खुमलटारमा ओली र प्रचण्डबीचको वार्ता, के-के भयो कुराकानी?

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भएको भेटवार्ता सकिएको छ। ओली दुई वर्षपछि खुमलटार पुग्दा दुई घण्टाभन्दा लामो वार्ता भएको हो।

    बालकोटको बार्दलीमा उभिएर सत्ता गठबन्धन बनाएका दुई नेता बुधबार खुमलटारको छतमा उक्लिएर सरकारबारे छलफल गरेका छन्। 

    प्रचण्डका एकजना स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच सरकारका नीति तथा कार्यक्रमलाई लिएर छलफल भएको बताएका छन्। 

    'उहाँहरुबीच सरकारका नीति कार्यक्रम के के बनाउने? सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरा भयो', उनले भने, 'मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएका निर्णय कार्यान्वयनबारे पनि कुरा भएको छ।'

    मल्लले यसबारेमा बिहीबार फेरि बालुवाटारमा छलफल गर्ने गरी भेटवार्ता टुंगिएको बताएका छन्। 

    'भोलिको छलफलले थप निर्णय गर्नेछ। अहिले गठबन्धनभन्दा पनि सत्ता साझेदारीबारे कुरा भयो', उनले भने, 'आज मन्त्रिपरिषद् विस्तारबारेमा कुरा भएन। सरकारको नीति तथा कार्यक्रममा छलफल भएको छ।'

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १४:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij