Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

माधव नेपाललाई एमालेमै फर्काउने प्रयासमा महेश, ओलीसँग पनि भेट गराइँदै

माधव नेपाललाई एमालेमै फर्काउने प्रयासमा महेश, ओलीसँग पनि भेट गराइँदै


  • 1.7K
    Shares

    माधव नेपाललाई एमालेमै फर्काउने प्रयासमा महेश, ओलीसँग पनि भेट गराइँदै

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेकपा एमालेमै फर्काउने प्रयास जारी रहेको छ ।

    त्यो अभियानमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता महेश बस्नेतलगायतका नेताहरु सक्रिय रहेका छन् ।

    त्यसमा एकीकृत समाजवादीका नेताहरु पनि सक्रिय रहेको बताइएको छ । पछिल्लो समयमा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले नेता नेपाललाई दुईपल्ट भेट गरिसकेका छन् ।

    नेपालसँगको भेटपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जानकारी गराएका थिए । त्यसैगरी बुधबार पनि एमाले नेता महेश बस्नेत नेता नेपालको घरमै पुगेर एमालेमा फर्किन आग्रह गरेका छन् । बस्नेतले नेपाललाई अघिल्ला भेटभन्दा फरक पाएको पनि प्रतिक्रिया दिए ।

    “सबै वाम पार्टी एकैठाउँ हुनुपर्छ भनेर अभियान चलाइएको हो,” बस्नेतले भने, “आज मैले माधव नेपालसँग पनि कुराकानी गरेँ । पहिलेभन्दा केही सकारात्मक हुनुहुन्छ । केपी ओलीसँगको सम्बन्ध पनि पहिलाजस्तो आक्रोशपूर्ण देखिएन । तिक्तता कम भएको पाएँ । बरु उहाँको गुनासो ओलीसँग भन्दा बढी प्रचण्डसँग थियो । त्यो पनि आज भेट भएपछि कम हुनुपर्छ ।”

    तर नेपालले यसबारेमा भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतले भने अहिले एमालेमै फर्किने कुनै तयारी नभएको बताउँछ ।

    बस्नेतले ओली–दाहाल, दाहाल–नेपालबीचको संवाद पनि यही अभियानमै जोडिएको दाबी गरे । बस्नेतसँग नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी पनि सँगै थिए । छलफलमा सहभागी नेताहरुले ओली र नेपालबीच वार्ताको प्रयास जारी राखेको बताएका छन् ।

    यसअघि पनि शनिबार ओली नेपालको निवास आउन चाहेको तर गोप्य राख्नुपर्ने प्रस्ताव नेपालले अस्वीकार गरेपछि नआएको स्रोतले जानकारी दियो ।
     

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १३:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij