Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जसपा संसदीय दलको निर्वाचन हुँदै, को-को छन् आकांक्षी ?

जसपा संसदीय दलको निर्वाचन हुँदै, को-को छन् आकांक्षी ?


  • 1.6K
    Shares

    जसपा संसदीय दलको निर्वाचन हुँदै, को-को छन् आकांक्षी ?

    जनता समाजवादी पार्टीको आज संसदीय दलको नेता चयन गर्दैछ। त्यसका लागि आज निर्वाचन हुनेछ। 

    जसपाको निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ताको समय छ।

    १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्‍म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्‍म दाबी–विरोध गर्ने र दिउँसो २ बजेदेखि २ः३० बजेसम्‍म उम्‍मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

    दिउँसो २ः३० बजेदेखि ३ः३०सम्‍म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

    संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसँगै कार्यकारिणी सदस्यद्वय राजकिशोर यादव र नवलकिशोर साह छन् । मंगलबार पनि उनीहरू सबै टसमस रहेपछि सहमति नजुटेको नेताहरूले बताएका छन् ।

    संघीय निर्वाचनमा पराजय भोगेका अध्यक्ष उपेन्द्र यादव भने राईलाई संसदीय दलको नेता बनाउन चाहन्छन् ।प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।

     

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - १२:१९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij