Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘लोक स्टार’को दोस्रो सिजनको प्रसारण पुस १९ गतेदेखि, हिमालय टेलिभिजनबाट प्रसारण हुने !

‘लोक स्टार’को दोस्रो सिजनको प्रसारण पुस १९ गतेदेखि, हिमालय टेलिभिजनबाट प्रसारण हुने !


  • 2.4K
    Shares

    ‘लोक स्टार’को दोस्रो सिजनको प्रसारण पुस १९ गतेदेखि, हिमालय टेलिभिजनबाट प्रसारण हुने !
    images

    लोक गायनमा आधारित रियालिटी शो ‘हिमालय लोक स्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

    शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् ।

    जसअनुसार हरेक मङ्गलवार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् ।

    नेपाल लोक स्टार–२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको सङ्गीत निर्देशकमा सङ्गीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - ११:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij