Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बागमती काँग्रेस संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा, निर्वाचन आज हुँदै

बागमती काँग्रेस संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा, निर्वाचन आज हुँदै


  • 1.8K
    Shares

    बागमती काँग्रेस संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा, निर्वाचन आज हुँदै

    बागमती प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ ।

    संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँ उम्मेदवार छन् । उनीहरू दुवै संस्थापन पक्षका हुन् ।

    बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यस पटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन् ।

    बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी काँग्रेसबाट कूल ३७ जना सांसद छन् ।

    दलको नेता चयन गर्दा संस्थापन पक्षकै सांसदहरु दुईतिर विभाजित हुँदा शेखर समूह निर्णायक बन्न सक्छन् । यद्यपि यो समूह कतातिर खुल्ने हो टुङ्गो छैन ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - ११:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij