Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

शेखर - गगन समूह आन्तरिक छलफलमा

शेखर - गगन समूह आन्तरिक छलफलमा


  • 1.7K
    Shares

    शेखर - गगन समूह आन्तरिक छलफलमा

    नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापासहित संस्थापनइतर समूहका नेताहरूले बालुवाटारमा छलफल गरेका छन्।

    बालुवाटारस्थित नेता कोइरालाको सचिवालयमा आज बिहान संस्थापनइतर समूहका नेताहरू छलफलमा जुटेका हुन्।

    छलफल मुख्यगरी प्रदेश संसदीय दल नेता चयनलगायतका विषयमा केन्द्रित छन्। प्रदेशहरूमा संसदीय दल नेता चयन गर्दा सहमति गर्ने कि प्रतिस्पर्धामा उत्रने भन्ने विषयमा छलफल गरिएको एक नेता बताउँछन्।

    केन्द्रीय संसदीय दल नेताका लागि सभापति शेरबहादुर देउवासँग महामन्त्री गगन थापा प्रतिस्पर्धा गरेर पराजित भएका थिए।

    छलफलमा कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार, नेता मीनेन्द्र रिजाल, चन्द्र भण्डारी र सरिता प्रसाईंलगायत सहभागी छन्।

    ‘प्रदेश संसदीय दलमा नेता चयनका लागि यो समूहले आन्तरिक गृहकार्य गरेको हो,’ एक नेताले भने, ‘गठबन्धन टुटेकोलगायत पछिल्लो परिस्थितिबारे छलफल गरिएको छैन। यसबारे पछि छलफल हुन्छ, केन्द्रीय समिति बैठक बस्नुअघि।’

    कांग्रेसले पुस २२ का लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

    प्रकाशित मिति :पौष १३ २०७९ बुधवार - ११:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij