Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

पाँच मन्त्रालय चाहिने रास्वपाको अडान, प्रधानमन्त्रीले तीनभन्दा नदिने

पाँच मन्त्रालय चाहिने रास्वपाको अडान, प्रधानमन्त्रीले तीनभन्दा नदिने


  • 1.9K
    Shares

    पाँच मन्त्रालय चाहिने रास्वपाको अडान, प्रधानमन्त्रीले तीनभन्दा नदिने

    राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ । उप तथा गृह मन्त्रालयको शपथ लिइसकेका रवि लामिछानेले सत्ता गठबन्धनका सात दलका नेताको बैठकमा आफूहरुलाई पाँच मन्त्रालय चाहिने अडान राखेको स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार शिक्षा र स्वास्थ्यमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान रास्वपाको छ । त्यस्तैगरी कानुन, कृषि, पर्यटन र युवा तथा खेलकूद मन्त्रालय पाउनुपर्ने दाबी सो पार्टीको रहेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले तीनभन्दा दिन नसकिने अडान राखेका छन् ।

    रविबाहेक बाँकी दुई मन्त्री पठाउन भनेको स्रोतले जानकारी दिएको छ ।

    “३२ सिट रहेको माओवादीले प्रधानमन्त्रीसहित सात सिटमा दाबी गर्दा हामीले पाँच सिटमा दाबी गर्न किन नहुने ?,” सो पार्टीका एक नेताले भने ।

    रास्वपाले आफ्नो सांसदको विज्ञताअनुसार मन्त्रालय तोक्ने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकमा कुन कुन मन्त्रालय पाउने हो त्यहीअनुसार विज्ञता रहेका सांसदलाई पठाउने तयारी गरेको सो पार्टीले जनाएको छ ।

    २५ वटा मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको भए पनि नेकपा एमालेले १० मन्त्रीमा दाबी गरेको छ । जसमध्ये चार जनालाई पठाइसकेको छ । एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा राजेन्द्रकुमार राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीलाई सरकारमा पठाइसकेको छ ।

    बाँकी तीन जनाको भने मन्त्रालय अझै टुंगो लागेको छैन । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री र उपप्रधानमन्त्री लिइसकेको छ भने बाँकी ६ मन्त्रालयमा दाबी गरेको छ । 

    सत्ता साझेदार दलहरु जसपाले ३, जनमत पार्टीले २ र नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरेका छन् । अब बस्ने अध्यक्षसहितको बैठकले प्याकेजमै सहमति गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :पौष १२ २०७९ मंगलवार - १५:३८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij