Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जसपाले भोलि संसदीय दलको नेता छान्ने, तोकियो मतदानको समय

जसपाले भोलि संसदीय दलको नेता छान्ने, तोकियो मतदानको समय


  • 1.7K
    Shares

    जसपाले भोलि संसदीय दलको नेता छान्ने, तोकियो मतदानको समय

    संघीय संसद्‍मा छैटौं दल जनता समाजवादी पार्टीले दलको नेता छान्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार भोलि बिहान ११ बजेदेखि चुनावी प्रक्रिया सुरू हुनेछ । बिहान ११-१२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

    भोलि नै दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान गरी त्यसपछि परिणाम सार्वजनिक गर्ने जसपाको तयारी छ ।

    प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव जनमतका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए । संघीय परिषद्का अध्यक्ष अशोक राई, राजकिशोर यादव र रामसहायप्रसाद यादव दलको नेतामा प्रमुख दाबेदार छन् ।

     

    प्रकाशित मिति :पौष १२ २०७९ मंगलवार - १५:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij