Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

देउवाले बिहीबार बालुवाटार छाड्ने, धुम्बाराहीको नयाँ घरमा सर्ने तयारी

देउवाले बिहीबार बालुवाटार छाड्ने, धुम्बाराहीको नयाँ घरमा सर्ने तयारी


  • 2.0K
    Shares

    देउवाले बिहीबार बालुवाटार छाड्ने, धुम्बाराहीको नयाँ घरमा सर्ने तयारी

    निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।

    देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बिहीबार बालुवाटार छाड्ने बताए । उनले भने, ‘पर्सी बालुवाटार छाड्छौं । धुम्बाराहीमा नयाँ घर भेटिएको छ । आज र भोलि घरमा डेकोरेशन हुन्छ ।’ 

    आकस्मिक रुपमा गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि कांग्रेस प्रतिपक्षी बनेको छ । आइतबार एमालेसहितका सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटार छाड्नुपर्ने भएको छ ।

    देउवाले बालुवाटार नछाडेकाले सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड आफ्नो निजी निवास खुमलटारमै रहेका छन् । बूढानीलकण्ठमा रहेको निजी निवासको मर्मत कार्य भइरहेकोले बालुवाटार छाड्न ढिलो भएको भानु देउवाले बताए ।

    उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने भएपछि देउवाले धुम्वाराहीमा भाडाको घर खोजेका छन् ।

    प्रकाशित मिति :पौष १२ २०७९ मंगलवार - १२:४६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij