Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

भाडाको घर खोज्दै देउवा, बालुवाटार सर्न नपाउँदा प्रधानमन्त्रीको नीजि निवासमा बढ्यो भिड

भाडाको घर खोज्दै देउवा, बालुवाटार सर्न नपाउँदा प्रधानमन्त्रीको नीजि निवासमा बढ्यो भिड


  • 3.4K
    Shares

    भाडाको घर खोज्दै देउवा, बालुवाटार सर्न नपाउँदा प्रधानमन्त्रीको नीजि निवासमा बढ्यो भिड

    नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यथाशिघ्र प्रधानमन्त्री निवास बालुवाटार सर्ने तयारी गरिरहेका छन् । यद्यपि, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार नछाड्दा नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई गाह्रो भएको छ ।

    गत आइतबार नै प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु पर्ने हो, यद्यपि निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्न ढिला गर्दा यो प्रकृया लम्बिएको छ ।

    अहिले प्रधानमन्त्री दाहाल नीजि निवास खुलमटारमै बसोबास गरिरहेका छन् । प्रधानमन्त्री भए लगत्तै दाहाललाई वधाइ दिनेहरुको खुमलटारमा भिड लाग्न थालेको छ । दाहाल बसोबास गरिरहेको खुमलटारको घरको क्षेत्रफल सानो हुनुका साथै सवारीसाधनको पार्किङमा समेत समस्या आएको छ ।

    सोमबार नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका दाहाललाई आज मंगलबार बिहानदेखि वधाइ दिनेहरुको भिड बढेको हो । मंगलबार बिहानै प्रधानमन्त्री दाहाललाई नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले निवासमै पुगेर वधाइ ज्ञापन गरेका छन् ।

    उता, निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाड्न अझै समय लाग्ने देखिएको छ । उनी भाडाको नयाँ घर फेला परेपछिमात्र बालुवाटार छाड्ने मुडमा छन् । देउवाको बुढानिलकण्ठस्थित घरमा निर्माण कार्य भैरहेको त्यहाँ सर्न कठिनाइ भएको बताइन्छ ।

    निवर्तमान प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उपयुक्त घर भेटिने बित्तिकै बालुवाटार खालि गरिने छ । परियारले आज दिउँसो सम्ममा नयाँ घरको टुंगो लाग्ने सक्ने अनुमान गरेका छन् ।

    प्रकाशित मिति :पौष १२ २०७९ मंगलवार - ११:३१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij