Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा

जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा


  • 1.7K
    Shares

    जसपामा संसदीय दलका नेताका लागि कडा प्रतिस्पर्धा

    जनता समाजवादी पार्टी नेपालले संसदीय दलको नेता चयनको गृहकार्यमा लागेको छ। संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले सहमतिका लागि दुई दिनको समय दिएको थियो। त्यो दुई दिनको आज अन्तिम दिन हो। आज दिनभरमा टुगिंएन भने भोलि चुनावको प्रकृयामा जाने बताइएको छ ।

    समितिले चुनावको समय तालिका भोलिका लागि तय गरेको छ। यता, पार्टीमा सहमतिका लागि प्रयास भइरहेको छ। छलफलका लागि आज संसदीय दलको बैठक बोलाएको छ।

    संसदीय दलको नेताको आकाङ्क्षी जसपा संघीय परिषद्का अध्यक्ष एवं सांसद अशोक राइ, कार्यकारिणीहरू सदस्य राजकिशोर यादव, नवलकिशोर साह रहेका छन्। पार्टीको वरिष्ठ नेताको हैसियतले अशोक राईले आफू संसदीय दलको नेता बन्नुपर्ने दावी गर्दै आइरहेका छन् भने अधिकांश नेताहरु मधेसबाट चुनाव जितेका कारण मधेसबाट कोही संसदीय दलको नेता बन्नुपर्ने दवाव पार्टीमा छ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि अशोक राई नै संसदीय दलको नेता बनोस् भन्ने रहेको छ तर उनी पार्टीभित्रै मधेशी नेताहरुको दवावमा परेका छन् । पार्टीमा सहमति हुन सकेन भने उपेन्द्र यादव पनि चुनाव गराउने पक्षमा रहेका छन् । चुनाव भयो भने अशोक राई संसदीय दलको नेता बन्ने छैनन् । १२ जनामध्ये हालसम्म तीनजना मात्र उनको पक्षमा खुलेर लागेको देखिएको छ । नौजना सांसद मधेशबाट नै संसदीय दलको नेता बन्नुपर्ने पक्षमा रहेको छ ।   

    प्रकाशित मिति :पौष १२ २०७९ मंगलवार - ११:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij