Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

आठ सदस्यीय मन्त्रिमण्डल गठन

आठ सदस्यीय मन्त्रिमण्डल गठन


  • 2.2K
    Shares

    आठ सदस्यीय मन्त्रिमण्डल गठन

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

    सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्।

    उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्ने छन्।

    मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन्। उनीहरूको कार्यभार पछि तोकिने छ।

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १६:५२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij