Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

माडी अयोध्यापुरीमा राख्न ओलीले यस्ता बनाए राम र सीताको मूर्ति, ओलीले आफै प्राण प्रतिष्ठा गराउने 

माडी अयोध्यापुरीमा राख्न ओलीले यस्ता बनाए राम र सीताको मूर्ति, ओलीले आफै प्राण प्रतिष्ठा गराउने 


  • 7.3K
    Shares

    माडी अयोध्यापुरीमा राख्न ओलीले यस्ता बनाए राम र सीताको मूर्ति, ओलीले आफै प्राण प्रतिष्ठा गराउने 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भनेर दाबी गरेको चितवनको माडी अयोध्यापुरीमा राख्नका लागि राम र सीताको मूर्ति तयार भएको छ ।

    कालीगढले तयार पारेको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारमा ल्याएर राखिएको छ । ती मूर्ति प्रधानमन्त्री ओलीले शनिवार चितवनबाट विभिन्न समस्या लिएर डेलिगेसन आएको टोलीलाई समेत देखाएका थिए ।

    टोलीमा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पार्वती रावल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली, माडी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदी लगायत थिए ।

    146890739_411576736609758_6507609279072525872_n.jpg

    प्रधानमन्त्री निवासमा शनिवार आफूहरूले मूर्ति अवलोकन गरेको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति रावलले लोकान्तरलाई जानकारी दिइन् ।

    "राम र सीताको मूर्ति हामीले प्रधानमन्त्रीज्यूसँगै गएर हेर्‍यौं, लक्ष्मण र हनुमानको मूर्ति भने तयार हुन बाँकी रहेको जानकारी उहाँले गराउनुभयो," रावलले भनिन् ।

    केही दिनअघि चितवनको भरतपुरमा आयोजित जनसभामा पनि प्रधानमन्त्री ओलीले रामको मूर्ति तयार भइसकेको बताएका थिए ।

    "रामको मूर्ति तयार भैसक्यो भनेर प्रधानमन्त्रीज्यूले चितवनको सभामा पनि भन्नुभएको थियो," रावलले भनिन्, "सीताको मूर्ति त्यही दिन तयार भएर आएको रहेछ ।" प्रधानमन्त्री ओलीले माडीमा आफैं गएर त्यसको प्राण प्रतिष्ठा गराउने बताउँदै आएका छन् ।

    रामको जन्मभूमि माडी अयोध्यापुरीमा रहेको दाबी प्रधानमन्त्री ओलीले गरेका थिए । जसको नेपाल मात्र नभएर भारतमा पनि चर्चा भएको थियो ।

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १३:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij