२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै कुनै विचार र लक्ष्य नभएको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा स्व। प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका छन् । । उनले कुनै विचार, राजनीति, कुनै लक्ष्य, त्याग, बलिदान, जेलनेल र बलिदान नभएका पार्टीको रुपमा चित्रण गरेका छन् । उनले त्यस्ता राजनीतिक दलहरुले आज १० वर्ष जनयुद्ध लढेको माओवादी र लामो इतिहास बोकेका नेपाली काँगे्रेस र नेकपा एमालेमाथि थ्रेट दिइरहेको बताएका छन् । यो गणतन्त्र र लोकतन्त्रमाथिको प्रश्न भएको जिकिर गरेका छन् । उनले पछिल्लो समयमा देशमा धेरै कुरामा परिवर्तन भएको बताएका छन् ।
उहाँले भने, ‘हामी समावेशिता, भौतिक पूर्वाधारका क्षेत्रमा धेरै ठाउँमा परिवर्तन छ । शिक्षा, स्वास्थ्य, मानव अधिकारका सूचकांक हरेक हेर्नुस्, परिवर्तन छ । पञ्चायतको ३०, बाँकी १५—१८ वर्ष यता परिवर्तन भएको छ । यो हामीले आत्मसाथ गर्नैपर्छ । तथ्यले पुष्टि गर्दछ । अहिलेकै अग्रज र नेताहरुले हो गर्ने हो । तर फेरि प्रश्न छ, त्यसलाई हामीले कम आँक्नु हुँदैन । अस्ति भर्खरै ६ महिना खुलेको पार्टी, हामी १० वर्ष लढेर आएको पार्टीलाई माओवादीलाई झन्डै उछिन्ने ठाउँमा किन पुग्यो र अरु दुई पार्टीलाई कसरी थ्रेट भइरहेको छ रु दुई वटा पार्टीहरु ठूला मिलेर झन्डै दुई तिहाईको सरकार बनेको छ । नेताहरुमाथि प्रश्न किन उठिरहेको छ रु कुनै विचार छैन, राजनीति छैन, कुनै लक्ष्य छैन, त्याग छैन, बलिदान छैन । जेल, नेल कहीँ, युद्ध केही पनि बलिदान छैन कसरी यो भइरहेको छ रु यो हाम्रो माथि प्रश्न हो । लोकतान्त्रिक गणतन्त्रमाथिको प्रश्न हो । हामीले यो बुझ्नुपर्दछ ।’
उपमहासचिव पुनले लोकतान्त्रिक गणतन्त्रलाई अझै जनताको निकट पु¥याउनुपर्ने बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij