Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपाका नेता कँडेल पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपाका नेता कँडेल पक्राउ


  • 1.2K
    Shares

    नक्कली शैक्षिक प्रमाणपत्र  बनाउन संलग्न भएको आरोपमा रास्वपाका नेता कँडेल पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गर्ने कार्यमा संलग्न भएको आरोपमा रास्वपाका नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेल रहेका छन् । उनलाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।

    कँडेल रास्वपाको बागमति प्रदेश समिति सल्लाहकार हुन्  भने उनले चितवनमा कलेज कोच प्रालि नामको इन्स्टिच्युट सञ्चालन गरेका छन् । 

    यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट विभिन्न विश्वविद्यालयका ठुलो मात्रामा नक्कली प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेका थिए ।

    यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, विभिन्न शैक्षिक संस्थाका ३ वटा नक्कली प्रमाणपत्र, ५ वटा स्ट्याम्प प्याड, नक्कली होलोग्राम र स्टिकरहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कँडेलका लागि काम गरेको स्वीकारेपछि कँडेललाई पक्राउ गरिएको हो । 

    प्रहरीले नक्कली प्रमाणपत्र प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र ६ २०८२ शुक्रवार - १३:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij