Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

मधेशमा ओली बलियो भएको निस्कियो तथ्यांक, ओली र प्रचण्ड-माधवलाई साथ दिनेको यस्तो छ सुची 

मधेशमा ओली बलियो भएको निस्कियो तथ्यांक, ओली र प्रचण्ड-माधवलाई साथ दिनेको यस्तो छ सुची 


  • 7.8K
    Shares

    मधेशमा ओली बलियो भएको निस्कियो तथ्यांक, ओली र प्रचण्ड-माधवलाई साथ दिनेको यस्तो छ सुची 
    images

    नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । 

    ओली समूह प्रदेश २ मा प्रदेशसभा र विघटित प्रतिनिधिसभा सदस्य संख्यामा भने अल्पमतमा छ । प्रदेशसभा र विघटित प्रतिनिधिसभाका बहुमत सदस्य नेकपाको प्रचण्ड(माधव समूहमा लागेका छन् ।

    १ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा पछिल्लो निर्वाचनमा तत्कालीन एमालेबाट उपमहानगरपालिका प्रमुख-उपप्रमुख, नगरप्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ३६ र माओवादीबाट ४० गरी ७६ जना प्रतिनिधि विजयी भएका थिए । तीमध्ये तत्कालीन एमालेबाट ७ वटा गाउँपालिकामा अध्यक्ष, ५ वटामा उपाध्यक्ष, एक उपमहानगरपालिका प्रमुख, ११ नगरपालिकामा प्रमुख र एक उपमहानगरपालिका प्रमुखसहित १२ वटा नगरपालिकामा उपप्रमुख चुनिएका थिए । 

    यस्तै, तत्कालीन माओवादीबाट सातवटा पालिकामा अध्यक्ष, छवटा गाउँपालिकामा उपाध्यक्ष, १२ वटा नगरपालिकामा प्रमुख र १४ वटा पालिकामा उपप्रमुख गरी ४० जना निर्वाचित भएका थिए । नेकपाबाट गाउँ(नगरपालिका प्रमुख तथा उपप्रमुखमा निर्वाचित ७६ जनामध्ये ३९ जना ओली र ३७ जना प्रचण्ड(माधव समूहमा लागेका छन् । तत्कालीन एमालेबाट निर्वाचित सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार तटस्थ बसेका छन् ।

    पछिल्लो समय नगरपालिकाकै काममा व्यस्त रहेकाले कुन समूहमा लाग्ने भन्नेबारे निर्णय नलिएको र दुवै समूहको भेलामा सहभागी नभएको उनले बताए । 

    गृहजिल्लामै माधव नेपाल कमजोर

    प्रचण्ड-नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहटमै कमजोर देखिएका छन् । स्थानीय जनप्रतिनिधिको संख्यात्मक हिसाबले नेपाल कमजोर देखिएका हुन् ।

    पालिकास्तरमा रौतहटमा तत्कालीन एमालेबाट निर्वाचित एक मात्र चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी, तत्कालीन माओवादीबाट निर्वाचित कटहरिया नगरपालिकाकी उपप्रमुख नुर जहाँ खातुन र यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया मात्र प्रचण्ड-नेपाल समूहमा लागेका छन् । एक नगरप्रमुख र तीन जना उपप्रमुख नेकपाको ओली समूहमा लागेका छन् ।

    मन्त्री पाएपछि तत्कालीन माओवादीका प्रभावशाली नेता प्रभु साह र प्रदेशसभा सदस्य रामचन्द्र मण्डल ओली समूहमा लागेपछि स्थानीय तहमा भने ओली बलियो देखिएका हुन् । दुवै नेता ओली समूहमा लागेपछि रौतहट र धनुषाका अधिकांश पूर्वमाओवादीबाट निर्वाचित स्थानीय जनप्रतिनिधि समेत ओली समूहमै लागेका हुन् । 

    कुन स्थानीय तहका प्रमुख-उपप्रमुख कुन समूहमा ?

    पर्सा

    जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतो : ओली समूह 
    पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनरायण चौधरी : ओली समूह 
    उपाध्यक्ष उषा देवी थरुनी : प्रचण्ड-माधव समूहमा 
    छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार र उपाध्यक्ष मोदीना खातुन : ओली समूह 
    जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ मंसुरी : प्रचण्ड-माधव समूह 
    ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ र उपप्रमुख शान्ति माया थिङ : प्रचण्ड-माधव समूह 

    बारा

    कोल्हवी नगरपालिका प्रमुख भरतबहादुर भण्डारी र उपप्रमुख सुनैना थरुनी : ओली समूह
    जितपुर उपमहानगरपालिका प्रमुख कृष्णप्रसाद पौडेल र उपप्रमुख सरस्वती चौधरी : ओली समूह 

    रौतहट

    चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी : प्रचण्ड-माधव समूह
    यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया : प्रचण्ड-माधव समूह
    उपाध्यक्ष गीतादेवी साह : ओली समूह
    कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा : ओली समूह
    उपप्रमुख नुर जहाँ खातुन : प्रचण्ड-माधव समूह
    देवाही गोनाही नगरपालिका उपप्रमुख परनीया देवी : ओली समूह
    फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी : ओली समूह 

    सर्लाही

    ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटा र उपप्रमुख एकावती चौधरी : ओली समूह 
    लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खडका र उपप्रमुख शान्तिकुमारी लामा : प्रचण्ड-माधव समूह
    हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका कुमारी पौडेल : ओली समूह
    हरिपुर नगरपालिकाका प्रमुख जमिरुद्धिन मंसुर र रेणुका देवी काफ्ले : प्रचण्ड-माधव समूह
    चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव र वंशोधा देवी स् प्रचण्ड-माधव समूह
    बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो र उपप्रमुख सीता देवी माझी : प्रचण्ड-माधव समूह
    बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र लीलाकुमारी मोक्तान : प्रचण्ड-माधव समूह

    महोत्तरी

    सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक र उपाध्यक्ष नगिना देवी यादव : ओली समूह 
    पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरी : ओली समूह
    गौशाला नगरपालिका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामा : प्रचण्ड-माधव समूह
    बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की र उपप्रमुख कृष्ण माया गौतम : प्रचण्ड-माधव समूह
    रामगोपालपुर नगरपालिकाका प्रमुख अशोककुमार मण्डल र उपप्रमुख सीतादेवी साह : प्रचण्ड-माधव समूह

    धनुषा 

    बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत : ओली समूह
    उपाध्यक्ष प्रमिला देवी महतो : प्रचण्ड-माधव समूह
    मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतो : ओली समूह 
    मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो र उपप्रमुख तारा बस्नेत : ओली समूह 
    मिथिला विहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादव र उपप्रमुख अनिता कुमारी : ओली समूह
    विदेह नगरपालिकाका प्रमुख वेचन दास तत्मा  र उपप्रमुख निलमकुमारी : ओली समूह
    गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव : ओली समूह 
    सहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार यादव : प्रचण्ड-माधव समूह 
    उपप्रमुख शिलादेवी कापर : ओली समूह 

    सिरहा

    नरहा गाउँपालिका अध्यक्ष रामशरण यादव र उपाध्यक्ष गुलाब देवी चौधरी : ओली समूह
    लहान नगरपालिकाका प्रमुख मुनि साहु र उपप्रमुख सरियार कुमारी चौधरी : ओली समूह
    सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादव र उपप्रमुख रेणुदेवी साह :  ओली समूह 
    सिरहा नगरपालिकाकी उपप्रमुख नमिता यादव : ओली समूह 
    सखुवाननकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव :  प्रचण्ड-माधव समूह
    कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमान र उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ : प्रचण्ड-माधव समूह
    मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र उपप्रमुख जिवछी देवी : प्रचण्ड-माधव समूह
    धनगढी नगरपालिकाका प्रमुख हरिनरायण चौधरी र उपप्रमुख फुलकुमारी श्रेष्ठ : प्रचण्ड-माधव समूह
    गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह र उपप्रमुख रेशमाकुमारी थापा : प्रचण्ड-माधव समूह
    अर्नमा गाउँपालिकाका अध्यक्ष ठकु महतो र उपाध्यक्ष सियावती मुखिया : प्रचण्ड-माधव समूह
    औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव स: प्रचण्ड-माधव समूह

    सप्तरी

    कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार (तटस्थ)
    सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा र उपप्रमुख आशा चौधरी : ओली समूह

    प्रकाशित मिति :माघ २५ २०७७ आइतवार - १३:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij